गोर्खा कप खेल्न बेलायत लाग्यो ‘पोखरा–११’
पाेखरा | जेठ ७, २०८०
पोखरा: तमु धि यूकेले आयोजना गरेको २१ औ गोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा ११ बेलायत लागेको छ ।
बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका इश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आज (आइतबार) बेलायत प्रस्थान गरेको हो ।
सो टोलीमा इश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमान सिंह दुरा, राजु हमाल, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।
खेलाडीहरुलाई बेलायत जानका लागि बगर भाईखलक यूके र तमु धि यूकेले संयोजन गरेको थियो ।
बेलायत प्रस्थान गरेको टोलीलाई बगर भाइखलक पोखराले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको थियो ।
सो टोली बेलायत करिब दुई साता बस्नेछ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

